त्रिवि सेवा आयोगका अध्यक्षलाई अनेरास्ववियुको १५ दिने अल्टिमेटम « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

त्रिवि सेवा आयोगका अध्यक्षलाई अनेरास्ववियुको १५ दिने अल्टिमेटम


७ भाद्र २०८०, बिहिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. घनश्याम भट्टराईलाई अनेरास्ववियुले ५ बुँदे माग राखेको छ । नवनियुक्त अध्यक्ष भट्टराईलाई १५ दिने अल्टिमेटमसहित अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले माग राखेको हो ।  

अनेरास्ववियुले हाल त्रिवि सेवा आयोगले प्रयोग गर्दै आएको भवन छात्रवास प्रयोजनका लागि निर्माण गरिएको भन्दै  १५ दिनभित्र भवन खाली गर्न भनेको छ । अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले उक्त भवन खाली गराउन पटक पटक ध्यानाकर्षण गरे तापनि ढिलासुस्ती गरेको भन्दै १५ दिने अल्टिमेटम दिएको हो ।

त्रिविमा रिक्त रहेका उपप्राध्यापक तथा कर्मचारीहरूको खुल्ला प्रतिशपर्धामार्फत पदपूर्ति गर्न तत्काल नयाँ विज्ञापन जारी गर्न समेत माग गरेको छ । आयोगको विज्ञापन नं १८ को अदालतबाट फैसला भई सफाइ पाइसकेका पदहरूको नतिजा १५ दिन भित्र प्रकाशित गर्न समेत माग गरेको छ ।

आयोग मार्फत प्राध्यापक तथा कर्मचारीहरूको परीक्षा सम्पन्न भई अन्तर्वार्ता दिनबाट वञ्चित भएकाहरूको हकमा तत्काल अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाउन माग गरेको छ । त्यस्तै दक्ष तथा सक्षम व्यक्ति छनोट गर्ने खुल्ला प्रतिशपर्धाको प्रक्रिया मिचेर त्रिविमा करार सेवामा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट मात्रै स्थायी पक्रिया अगाडि नबढाउन र बढाइएको भएपनि तत्काल स्थगन गर्न माग गरेको छ ।  

आयोगबाट प्रवाह हुने सम्पूर्ण सेवाहरूलाई चुस्तदुरूस्त बनाउन खुल्ला प्रतिपर्धाको विधि अवलम्बन गर्न समेत माग गरेको छ । अनेरास्ववियुले राखेका मागहरु १५ दिनभित्रमा सम्बोधन गर्न समेत माग गरेको छ । ति मागहरूलाई बेवास्ता तथा नजर अन्दाज गरिए थप सशक्त आन्दोलनमा उत्रन बाध्य हुने संयोजक समीर राज विष्टले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस