कोशी प्रदेश सभाको अधिवेशन अन्त्य « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कोशी प्रदेश सभाको अधिवेशन अन्त्य


७ भाद्र २०८०, बिहिबार


काठमाडौँ । कोशी प्रदेश सरकारले प्रदेश सभा अधिवेशन अन्त्य गरेको छ ।

तत्कालीन एमाले नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटबारे कुनै छिनोफानो नै नगरी सरकारले प्रदेश सभा अधिवेशन अन्त्य गरेको हो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेश सभा अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कोशी प्रदेश यतिबेला तत्कालीन एमाले नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटबाट चलिरहेको छ ।

भदौ १० भित्रमा जस्ताको तस्तै पारित गर्नुपर्ने वा प्रतिस्थापन गर्नुपर्ने संवैधानिक बाध्यता थियो । मुख्यमन्त्री उद्धव थापासहित गठबन्धनका नेताहरूले प्रतिस्थापन विधेयकमार्फत अर्को बजेट ल्याउने बताइरहेका थिए । तर, मुख्य विपक्षी एमाले र राप्रपाले संसद् बैठक बहिष्कार गरेको दिन नै सरकारले अधिवेशन अन्त्य गरेर अर्को अध्यादेश ल्याउने तयारी गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस