इटाली पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

इटाली पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ


६ भाद्र २०८०, बुधबार


काठमाडौँ ।  इटाली पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिकोटको तिलागुफा नगरपालिका-३ घर भइ हाल काठमाडौँको कीर्तिपुर-५ बस्ने ५२ वर्षीय विष्णु रिषी पाण्डे रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई कीर्तिपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ ।

उनले पीडितलाई वैदेशिक रोजगारका लागि इटाली पठाइदिन्छु भन्दै पटक(पटक गरी ४ लाख २५ हजार रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस