‘ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई पक्राउ नगरे सडकमा आन्दोलन हुन्छ’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई पक्राउ नगरे सडकमा आन्दोलन हुन्छ’


६ भाद्र २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूमाथि छानबिन नभए सडकमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई पक्राउ नगरेकोप्रति आपत्ति जनाएका हुन् ।

उनले भने, ‘यो देशमा कानुन दुई थरी बनाउनुस्, ठूल्लठूला नेतालाई कानुन नै नलाग्ने ? उनीहरू प्रहरीको हिरासतमा जाँदै नजाने तर जनतालाई चाहिँ गल्ती नगरेपनि कान समाएर जेलमा हाल्ने यो कानुन लेख्नुभयो भने सैह्य हुन्छ होइन भने संसदमा आवाज होइन सडकमा आन्दोलन हुन्छ । पूर्वप्रधानमन्त्री ठालुहरुलाई सीआइबीले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान किन नगरेको ? यसको जवाफ दिनुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस