काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँबाट पोखरा जाँदै गरेको बस पृथ्वी राजमार्गको गजुरी –२ नजिकै चालिसेबाट त्रिशूली नदीमा खसी भएको दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री दाहालले श्रद्धाञ्जली व्यक्त गर्दै उद्धार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासन लगायत सम्बन्धित सबैलाई निर्देशन दिएको जानकारी दिएका हुन् ।
उनले लेखेका छन् ,काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बस गजुरी–२ धादिङको राजमार्गबाट त्रिशूली नदीमा खस्दा ८ यात्रुको निधन भएको समाचारले दुःखी तुल्याएको छ । सवारी दुर्घटनामा परि ज्यान गुमाउनुहुने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र शुभेच्छुकहरूमा समवेदना प्रकट गर्दछु। साथै घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासन लगायत सम्बन्धित सबैलाई निर्देशित गर्दछु।
प्रदेश ३ ०१००५ ख ९९५२ नम्बरको काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको यात्रुवाहक धादिङको गजुरी नजिकै चालिसे भन्ने ठाउँबाट त्रिशूली नदीमा खसेको हो ।