आईएसएफ यु-१५ जिम्न्यासाइडमा निश्चित कार्कीले जिते स्वर्ण « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

आईएसएफ यु-१५ जिम्न्यासाइडमा निश्चित कार्कीले जिते स्वर्ण


६ भाद्र २०८०, बुधबार


काठमाडौँ । नेपाली तेक्वान्दो खेलाडी निश्चित कार्कीले आईएसएफ यू–१५ जिम्न्यासाइडमा स्वर्ण पदक जितेका छन् ।

मंगलबार भएको कलरवेल्ट पुम्सेको फाइनलमा कार्कीले ब्राजिलका खेलाडीलाई पराजित गरी स्वर्ण जितेका हुन् ।

कार्कीले फाइनलमा १० अंकको खेलमा ७.४ अंक जोड्दा प्रतिद्वन्द्वी ब्राजिलका खेलाडीले ७.१ अंक मात्र प्राप्त गरेका थिए । 

यसअघि कार्कीले सेमिफाइनलमा मेक्सिकोलाई हराएका थिए । मेक्सिकोले ६.८ अंक जोड्दा ७.४अंक प्राप्त गरेका थिए । जितसँगै ११ राष्ट्रले प्रतिस्पर्धा गरेको गर्ल्स बास्केटबलमा नेपालले नवौं स्थान हात पारेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस