मैले एक्टिभिज्म देखाउन खोजेको होइन : राष्ट्रपति पौडेल « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

मैले एक्टिभिज्म देखाउन खोजेको होइन : राष्ट्रपति पौडेल


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको जारी अवरोधले आफूलाई चिन्तित बनाएको बताउँदै आफूले एक्टिभिज्म देखाउन नखोजेको बताएका छन् । 

संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतालाई मंगलबार बिहान शीतल निवासमा आमन्त्रण गरेका पौडेलले लिखित धारणा राख्दै संविधानको पालना, संरक्षण  र राष्ट्रिय एकताको प्रवर्द्धन गर्न संविधानले राष्ट्रपतिलाई दिएको अधिकार मात्र प्रयोग गरेको धारणा राखेका हुन् । 

राष्ट्रपति पौडेल सक्रिय हुन खोजेको भन्दै विपक्षी एमालेले शीतल निवासमा आयोजना गरेको बैठक बहिस्कार गरेको प्रति लक्षित गर्दै उनले भने,‘यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन । म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ । त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो ।’

एमाले बाहेकका दल सहभागी सर्वदलीय बैठक अहिले शीतल निवासमा जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस