चार देशीय टी-२० सिरिज : आज नेपाल र हङकङ भिड्दै « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

 चार देशीय टी-२० सिरिज : आज नेपाल र हङकङ भिड्दै


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ ।  मलेसियामा आजदेखि सुरु हुने चार देशीय महिला टी–२० क्रिकेट सिरिज हुने भएको छ । आज नेपालले हङकङसँग खेल्दैछ । 

नेपाल र हङकङबीचको खेल बायुमास ओभलमा हुँदैछ ।  खेल स्थानीय समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ । त्यसअघि पहिलो खेलमा घरेलु टोली मलेसियाले कुवेतसँग खेल्नेछ ।

अगष्ट ३१ देखि मलेसियामै हुने आईसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारी स्वरूप चारदेशीय टी–२० सिरिज खेल्न लागिएको हो । हङकङलाई पराजित गर्दै नेपाल सिरिजमा सुखद सुरुआत गर्ने योजनामा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस