आज प्रतिनिधिसभा बैठक बस्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आज प्रतिनिधिसभा बैठक बस्दै


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ ।  प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।  

बैठक अपराह्न ३ बजे बस्नेछ ।  बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने छन्। ​

यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूचीसमेत रहेको संसद् सचिवालयले जनाएको छ।  

यस्तैगरी, सदन साउन १० गतेयता अवरुद्ध भइरहेको छ। संसद् बैठक सहज बनाउने विषयमा दलहरू सोमबार बेलुकी सहमति नजिक पुगेकोले मंगलबारको बैठकले निरन्तरता पाउने विश्वास गरिएको छ। ​संसद्को गतिरोध हटाउने प्रयासस्वरूप राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बिहान सर्वदलीय बैठक बोलाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस