गण्डकी प्रदेश सभा : वन विधेयक विषयगत समितिमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गण्डकी प्रदेश सभा : वन विधेयक विषयगत समितिमा


३ भाद्र २०८०, आइतबार


गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठकले ‘प्रदेशभित्रको वनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।  

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले संशोधन प्रस्तावसहित सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रदेशसभा बैठकसमक्ष पेस गरेका थिए ।

समितिमा दफावार छलफलपछि प्रदेशसभाबाट विधेयक पारितका लागि प्रक्रिया अगाडि बढ्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । 

उक्त विधेयकमा १३ प्रदेशसभा सदस्यले संयुक्त रूपमा  संशोधन प्रस्ताव दर्ता गराएका छन् । बैठकको शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यहरूले वर्षात्का कारण क्षति व्यहोरेका नागरिकलाई राहत प्रदान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदेशसभा बैठक अर्को सूचना जारी हुँदासम्मका लागि स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस