कागबेनीमा भेटियो प्रभु र इन्भेष्टमेन्ट बैंकको डेढ करोडभन्दा बढी रुपैयाँ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कागबेनीमा भेटियो प्रभु र इन्भेष्टमेन्ट बैंकको डेढ करोडभन्दा बढी रुपैयाँ


३ भाद्र २०८०, आइतबार


काठमाडौँ । गत आइतबार आएको बाढीले खण्डहर बनाएको कागबेनी क्षेत्रमा प्रभु र इन्भेष्टमेन्ट बैंकको डेढ करोडभन्दा बढी रकम फेला परेको छ।

ग्रेगान खोतल्ने क्रममा सेना, प्रहरी र स्थानीयबासी समेतको समूहले शनिबार प्रभु बैंकको ५१ लाख ६२ हजार २२६ रुपैयाँ फेला पारेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए।

यस्तै बाढीले इन्भेष्टमेन्ट मेगा बैंकमा पनि क्षति पुर्‍याएको थियो। बाढीले थुपारेको गेग्रान पन्छाउने क्रममा इन्भेष्टमेन्ट मेगाको पनि हराइरहेको १ करोड ५ लाख ३२ हजार ९ सय ६४ रुपैयाँ फेला परेको प्रजिअ केसीले बताए । 

प्रजिअ केसीका अनुसार नेपाली सेना, प्रहरी र स्थानीयबासी सबै मिलेर भग्नावशेष खोतल्ने, सामानहरू निकाल्ने क्रममा आज दिउँसो २ बजेतिर १ करोड ५ लाख ३२ हजार ९ सय ६४ रुपैयाँ राखिएको लकर फेला पारेको  हो। 

Tags :
प्रतिक्रिया दिनुहोस