अवरुद्ध मार्तडी-कोल्टी सडक खुलाउन सेनाको सहयोग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अवरुद्ध मार्तडी-कोल्टी सडक खुलाउन सेनाको सहयोग


३ भाद्र २०८०, आइतबार


बाजुरा । पहिरोका कारण दुई महिनादेखि अवरुद्ध मार्तडी-कोल्टी सडक खुलाउन नेपाली सेना जुटेको छ । सुदूरपश्चिम प्रदेशको गौरवको रुपमा सडक रहेको छ ।  

दुर्गाभञ्जन गुल्मका गुल्मपति धर्मेन्द्रबहादुर सिंहले मार्तडीबाट कोल्टी आवतजावत गर्न र बडीमालिका नगरपालिका-७ का स्थानीयलाई आवतजावत गर्न समस्या भएपछि सडकको पहिरो पन्छाउन र बाटो मर्मतमा सेना जुटेको जानकारी दिए ।

सो  सडकखण्डको जिल्लीमा सडकमाथिबाट लगातार पहिरो खस्दा सर्वसाधारणले आवतजात गर्न समस्या भोग्दै आएका छन् ।  पहिरोका कारण मार्तडी-कोल्टी सडकमा सञ्चालन हुँदै आएका सवारीसाधनसमेत ठप्प छन् ।  सडकमार्ग अवरुद्ध हुँदा सबैभन्दा बढी   बिरामीलाई सास्ती भएको छ । पहिरो पन्छाउन वडा नं ७ का सर्वसाधारण समेत सहभागी भएका छन् ।
 
सडकको छेउछाउमा ‘ग्याविन’ तारसहित पर्खाल लगाउने काम गरिएको छ । पहिरोसँगै सडकमा बग्ने पानीलाई पाइपबाट व्यवस्थापन गरेर अन्यत्र निकासा गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस