ट्राफिक प्रहरीले गाडीमा राखिएका झल्लर, डोरी, रिबन र स्टिकर हटाउँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ट्राफिक प्रहरीले गाडीमा राखिएका झल्लर, डोरी, रिबन र स्टिकर हटाउँदै


२ भाद्र २०८०, शनिबार


काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालन हुने गाडी राखिएका झल्लर, डोरी, रिबन र स्टिकर हटाउने अभियान सञ्चालन थालेको छ ।

गाडीमा राखिएका कपडाको झल्लर, डोरी र रिबन तथा स्टिकरणक कारण दुर्घटना हुने भएकाले हटाउनको लागि अभियान थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गाडीमा यस्ता वस्तु भएमा हटाउन तथा अनावश्यक लेखिएका कुरा र स्टिकर हटाउन कार्यालयले आग्रह गरेको छ ।

गाडीमा नियम विपरीत माथि उल्लेखित सामग्री राखेको तथा टाँसेको पाइएमा कानुन बमोजिम कारबाही गरी सचेत गराउने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस