सुन प्रकरणको छानबिन सिआइबीले नै गर्नुपर्छ : विश्वप्रकाश शर्मा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुन प्रकरणको छानबिन सिआइबीले नै गर्नुपर्छ : विश्वप्रकाश शर्मा


२ भाद्र २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको सुन प्रकरणको छानबिन सिआइबीबाट हुनुपर्ने बताएका छन्।

धनकुटामा नेपाली काँग्रेस जिल्ला नीति अनुसन्धान तथा प्रशिक्षण विभागले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री शर्माले शरणार्थी र ललिता निवास प्रकरणको जस्तै सिआइबीले नै सुन प्रकरणको अनुसन्धान गर्नुपर्ने बताएका हुन्।

उनले सरकारमा रहँदा दायाँबायाँ भयो भने संसद ठीक पार्ने वा भङ्ग गर्ने र सरकारमा नहुँदा सदन चल्न नदिने प्रवृत्ति एमालेको गलत भएको बताए। उनले उच्चस्तरीय छानबिन आयोग गठन दक्ष निकायबाट अनुसन्धान नहुने भएकोले अनुसन्धानमा जानकार सिआइबीले नै अनुसन्धान गर्नुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस