२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बकुलहर अस्पतालको शय्या निःशुल्क

अ+ अ-

चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क गरिएको छ । बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनपछि अस्पतालले शय्या निःशुल्क गरेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीका अनुसार भदौ १ गतेदेखि अस्पतालमा रहेका ९० शय्यामध्ये ७६ शय्या निःशुल्क गरिएको छ । उनका अनुसार अस्पतालका क्याबिन, सघन र बाल सघन उपचार कक्ष गरी १४ शय्याबाहेक अन्य शय्या निःशुल्क गरिएका छन् । 

अस्पतालमा यसअघि नै १० प्रतिशत शय्या तथा उपचार निःशुल्क गरिसकिएको डा. ज्ञवालीले जानकारी दिए । प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले मातहतका १३ अस्पतालका सबै शय्या निःशुल्क गर्न निर्देशन दिएको थियो । साउन २२ गते स्वास्थ्य मन्त्री उत्तम जोशीले भदौ १ गतेदेखि क्याबिन, बाल र सघन उपचार कक्षबाहेक अन्य सम्पूर्ण शय्याहरु निःशुल्क गर्ने निर्णय गरेका थिए । मन्त्रीको निर्णयपश्चात् प्रादेशिक अस्पतालहरूका सामान्य शय्या (जनरल बेड) निःशुल्क गरिएका छन् । 

बिरामीको चाप बढ्दै गएपछि सरकारले नागरिकलाई सर्वसुलभ रूपमा सेवा दिने उद्देश्यले मन्त्रालयले मातहतका १३ अस्पतालमा शय्या निःशुल्क गराएको प्रदेशका स्वास्थ्य मन्त्री जोशीले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा ती अस्पतालबाट सात लाख ५५ हजार २४ ले सेवा लिएका थिए । “स्वास्थ्य सेवालाई हुँदा खानेको पहुँचमा पुर्‍याउने उद्देश्यका साथ काम गरिरहेका छौँ”, मन्त्री जोशीले भने, “अब भर्ना भएका बिरामीले शय्या शुल्क तिर्नु पर्दैन् ।”

प्रदेशका प्रयोगशालाहरूमा सर्वसुलभ रूपमा सेवा दिइएको भन्दै उनले डेङ्गु परीक्षण पनि निःशुल्क गरिएको बताए । प्रदेशभित्र रहेका सीमान्तकृत, सबै आश्रममा रहेका, अपाङ्गको (क) एवं र (ख) वर्गका व्यक्ति, स्वयम् सेविकालगायतको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरिएको मन्त्री जोशीले जानकारी दिए । “पक्षघात र मस्तिष्क घात भएका बिरामीलाई उपचारमा सहुलियत दिइएको, प्यारालाइसिस भएका बिरामीलाई आयुर्वेद अस्पतालमा निःशुल्क फिजियो थेरापी गर्ने व्यवस्था गरिएको छ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस