बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयो « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयो


१ भाद्र २०८०, शुक्रबार


अछाम । अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

हिजो बेलुका बँदेलले आक्रमण गर्दा अछामको तुर्माखाँद गाउँपालिका-३ की २६ वर्षीया दिला बयकको ज्यान गएको हो ।

मास गोडेर घर फर्कने क्रममा उनलाई बँदेलले आक्रमण गरेको स्थानीय धनबहादुर बुढाले बताए ।

अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको बुढाले बताए । उनका दुई छाेरी र एक छाेरा छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस