काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठक प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले बहिस्कार गरेको छ ।
समिति सभापति चयन नगरिएको भन्दै एमालेले लेखा समितिको बिहीबार १ बजेका लागि बोलाइएको बैठक बहिष्कार गरेको हो ।
एमालेले समितिको यसअघिको बैठकमा नै सभापति चयन नभएसम्म बैठकमा नआउने जानकारी गराएको थियो ।
समितिको अध्यक्षता ज्येष्ठ सदस्य काँग्रेस सांसद अर्जुननरसिंह केसीले गरिरहेका छन् । एमाले सचिव तथा लेखा समिति सदस्य योगेश भट्टराईले सभापति चयन नभएसम्मका लागि बहिष्कार गर्ने घोषणा गरेका थिए ।
उक्त घोषणापछि बिहीबार बैठक बोलाइएको थियो ।