टेलिकमको अफर : पाँच हजारमा दैनिक १० जीबी डाटा र मासिक ५०० मिनेट कल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

टेलिकमको अफर : पाँच हजारमा दैनिक १० जीबी डाटा र मासिक ५०० मिनेट कल


३१ श्रावण २०८०, बुधबार


काठमाडौँ । नेपाल टेलिकमले आफ्ना प्रयोगकर्ताहरूका लागि पनि विभिन्न नयाँ अफर ल्याएको छ ।

नेपाल टेलिकमले सीडीएमएका प्रयोगकर्ता घट्दै गएको र फोरजीरएलटीईमा आकर्षित हुँदै गएको भन्दै त्यसैअनुसार कभरेज र सेवा विस्तार गरिरहेको बताएको छ ।

यसबीच टेलिकमले सीडीएमए फिक्स्ड फोन अथवा सी फोनका प्रयोगकर्ताहरूलाई फोरजीरएलटीई नेटवर्कमा स्थानान्तरण गर्नका लागि नयाँ प्याकेज ल्याएको हो ।

भदौ १ देखि लागु हुने अफरमा टेलिकमले अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियम गरी दुई प्याकेजमा नमस्ते वाईफाई प्रयोग गर्न सक्ने बताएको छ ।

अनलिमिटेड बेसिकअन्तर्गत दैनिक रूपमा ५ एमबीपीएस गतिसम्मको १० जीबी डाटा उपलब्ध हुन कम्पनीले जनाएको छ । यो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि पाँचहजार ९९९ रुपैयाँ र वार्षिक अवधिका लागि १० हजार ४९९ रुपैयाँ तोकिएको छ ।

यसको अर्धवार्षिक अवधिका लागि शुल्क चारहजार ९९९ रुपैयाँ र वार्षिक अवधिका लागि ९ हजार ४९९ रुपैयाँ शुल्क रहेको छ ।

यस्तै, अनलिमिटेड प्रिमियमअन्तर्गत दैनिक १० एमबीपीएस गतिसम्मको १५ जीबी डाटा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि ८ हजार ९९९ रुपैयाँ र वार्षिक अवधिका लागि १६ हजार ४९९ रुपैयाँ रहेको छ । यसको अर्धवार्षिक अवधिका लागि शुल्क ७ हजार ९९९ र वार्षिक अवधिका लागि १५ हजार ४९९ रुपैयाँ रहेको छ ।

यी प्याकेज लिने ग्राहकलाई थप रकम नलिई आवश्यक फोरजीरएलटीई सीपीई उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नयाँ जडान अन्तर्गत यसरी अर्धवार्षिक अवधिको प्याकेज लिने ग्राहकलाई प्रतिमहिना ४०० मिनेट कम्पनीको नेटवर्क भित्र (अन-नेट) र १०० मिनेट अन्य नेटवर्कमा (अफ-नेट) तथा वार्षिक प्याकेज लिने ग्राहकलाई प्रतिमहिना कम्पनीको नेटवर्क भित्र अनलिमिटेड र अन्य नेटवर्कमा १०० मिनेट कल गर्ने सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस