२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवालाई विदेश जानबाट रोक्नु सरकारको प्रमुख प्राथमिकता बन्नुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा

अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले युवालाई विदेश जान रोक्नु पर्ने बताएका छन् ।

बुधवार काठमाडौँमा भएको उद्यमशील युवा सिर्जनशील युवा सम्मेलनमा पूर्वअर्थमन्त्री खतिवडाले भविष्यप्रति आशावादी बनाउँदै नौ लाख युवालाई विदेश जान रोक्नु प्रमुख प्राथमिकताको विषय भएको बताएका हुन् ।

उनले युवाहरूलाई भविष्यप्रति आशा जगाएर उद्यमशीलतामा लगाउन आवश्यक रहेको बताए । जोखिम लिएर व्यवसाय गर्ने र अरूलाई उदाहरण दिन सक्ने गरी नेतृत्व गर्नसक्ने क्षमता आफू भित्रबाट विकास गर्नु उद्यमशीलता भएको उनको भनाइ छ ।

उनले भने, ‘युवाहरूलाई हामीले उद्यमशीलतामा कसरी जोड्न सक्छौँ भन्ने कुरा आजको प्रमुख प्राथमिकताको विषय हो । उनीहरूलाई भविष्यको आशा कसरी जगाउन सक्छौँ । झन्डै नौ लाख युवामा कसरी आशा जगाउन सकिन्छ र कसरी उनीहरूलाई विदेश जानबाट रोक्न सकिन्छ भन्ने आजको विषय त्यो हो । उद्यमशीलता आफू भित्रबाट आउँछ । सबैमा आउँदैन । उद्यमशीलता भनेको व्यक्तिमा अन्तरनिहीत गुण हो । यो आयात गरेर वा सिकेर पनि हुँदैन ।’

पूर्वअर्थमन्त्री खतिवडाले परम्परागतरूपमा गर्दै आएको काम निरन्तरता भइरहेको नेपालमा भर्खरै उद्यमशीलताको विकास हुन थालेको बताए । उनले अहिले विकास भएका उद्यमशीलता रैथाने किसिमका कम र बाहिरको सिको गरेर गर्ने धेरै रहेको उल्लेख गरे ।

खतिवडाले अब युवाहरूले आफ्नो क्षमताले सम्भावनाको आधारबाट उद्यमशीलता विकास गर्न आवश्यक रहेकोमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस