एमालेले गरिरहेको संसद् अवरोध खुलाउने बारे सत्तारूढ दलहरूबीच छलफल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमालेले गरिरहेको संसद् अवरोध खुलाउने बारे सत्तारूढ दलहरूबीच छलफल


३१ श्रावण २०८०, बुधबार


काठमाडौँ । सत्तारूढ दलहरूबीच प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले गरिरहेको अवरोध खुलाउनेबारे छलफल भएको छ ।

बैठकले संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दललगायत संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरूले संसद्को गतिरोध खुलाउने विषयमा छलफल गरेका हुन् । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस