काठमाडौँ । फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दैछन् ।
सिड्नीमा अस्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे हुनेछ ।
क्वाटरफाइनलमा अस्ट्रेलियाले फ्रान्स तथा इंग्ल्यान्डले कोलम्बियालाई हराएको थियो ।
आजको विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्नेछ ।