इन्जिनियर रञ्जित जैसवाल पक्राउ « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

इन्जिनियर रञ्जित जैसवाल पक्राउ


३० श्रावण २०८०, मंगलबार


काठमाडौँ । सव-इन्जिनियर रञ्जित जैसवाल पक्राउ परेका छन् । 

बलात्कार प्रयास आरोपमा पक्राउ परेका मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेललाई बचाउन पीडित महिलालाई दबाब दिएको आरोपमा जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रबक्त कुमोद ढुङ्गेलले बताए । 

आफ्नै घरमा काम गर्ने एक युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा पोखरेल १२ साउनमा पक्राउ परेका थिए ।

सम्बन्धित समाचार : इन्जिनियर पोखरेल बलात्कार आरोपमा पक्राउ

जैसवालसँगै चेतन न्यौपाने पनि पक्राउ परेका ढुङ्गेलले बताए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस