असोज ४ गते चीन जाँदै प्रधानमन्त्री, बीआरआई अन्तर्गतका परियोजनामा सहयोगको प्रस्ताव गर्ने तयारी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

असोज ४ गते चीन जाँदै प्रधानमन्त्री, बीआरआई अन्तर्गतका परियोजनामा सहयोगको प्रस्ताव गर्ने तयारी


३० श्रावण २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा नेपालले बेल्ट एन्ड रोड परियोजना (बीआरआई) अन्तर्गत अनुदानमा कुनै एउटा ठूलो परियोजनामा सहयोग गर्न सरकारले प्रस्ताव गर्ने तयारी गरेको छ । प्रधानमन्त्री दाहालले अन्य केही परियोजनाहरूमा पनि चीनलाई प्रस्ताव गर्ने जानकारी दिए ।

प्रधानमन्त्री दाहालले मङ्गलवार बालुवाटारमा पत्रकारहरूसँग कुरा गर्दै चीन भ्रमणका क्रममा हुनसक्ने केही प्रस्तावको बारेमा जानकारी दिएका हुन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर त्यतैबाट चीन जान लागेका दाहालले चीनसँग केरुङ र किमाथांकामा क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माणको आग्रह गर्ने तयारी भइरहेको जानकारी दिए । त्यस्तै किमाथांका नजिकै हुने गरी कुनै जलविद्युत् परियोजना बनाउने, कृषिमा आधारित लगानी बढाउने लगायतमा विषयमा पनि कुराकानी गर्ने तयारी भइरहेको जानकारी दिए ।

प्रधानमन्त्री दाहाल सेप्टेम्बर १६ मा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदैछन् । उनले सेप्टेम्बर १९-२० मा अतिकम विकसित राष्ट्रहरूको बैठकको अध्यक्षता गर्नेछन् ।

सेप्टेम्बर २१ (असोज ४) मा उनी महासभामा सम्बोधन गरेपछि त्यतैबाट चीन प्रस्थान गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस