सप्तरी घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न मानवअधिकार आयोगको माग « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सप्तरी घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न मानवअधिकार आयोगको माग


३० श्रावण २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले सप्तरीका मानवअधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेलमाथि प्रहरीले गरेको कुटपिट र दुर्व्यवहारको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

मङ्गलवार आयोगले विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, दोषीलाई कानुनी कारबाही गर्न र मानव अधिकारकर्मी तथा पत्रकारको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।

सप्तरीका मानवअधिकारकर्मी तथा पत्रकार पोखरेल जिल्ला प्रहरी कार्यालय परिसरमा काम विशेषले गएका बेला प्रहरीले कुटपिट तथा दुर्व्यवहार गरेको थियो । उक्त घटनालाई लिएर पत्रकारहरू र सामाजिक सङ्घ संस्थाहरूले निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् ।

उक्त घटनाको आयोगको मधेश प्रदेश कार्यालयले अनुसन्धान गरिरहेको छ । आयोगले सेवाग्राहीले सेवा लिन जाँदा संयमित हुन र सेवा प्रवाह गर्ने निकायप्रति मर्यादित व्यवहार गर्न पनि आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस