गालियो तस्करीको सुन, तौल सार्वजनिक गर्ने तयारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गालियो तस्करीको सुन, तौल सार्वजनिक गर्ने तयारी


३० श्रावण २०८०, मंगलबार


काठमाडौँ । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्ने कार्य सकिएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो ।

गालिएपछिको सुनको तौल २ घण्टापछि सार्वजनिक गरिने महाशाखाकाले जनाएको छ । मङ्गलवार बिहान साढे १० बजेबाट सुन गाल्न सुरु गरिएको थियो ।

यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस