२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरको विद्यार्थी भर्नामा चित्त नबुझे आज निवेदन दिन सकिने

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति पाउने विद्यार्थीको अन्तिम सूचीमा चित्त नबुझे निवेदन दिन आह्वान गरेको छ ।

महानगरपालिकाले एक सूचना जारी गर्दै पहिलो भर्ना सूचीमा चित्त नबुझे निवेदन दिन आग्रह गरेको हो । पहिलो चरणमा सूचीमा नाम उल्लेख भएका विद्यार्थीहरूले भदौ १ गतेभित्र तोकिएको विद्यालयमा गएर भर्ना भइसक्नु पर्नेछ भने भदौ ३ गते दोस्रो चरणको नतिजा प्रकाशन गर्ने महानगर शिक्षा विभागको तयारी छ । त्यसअघि नै महानगरले निवेदन मागेको हो ।

महानगरको शिक्षा विभागले गरेको सिफारिस विरुद्ध चित्त नबुझेका विद्यार्थीले म्याचिङको नतिजामाथि कारवाहीको माग गर्दै निवेदन दिएको जनाएको छ । त्यस्ता निवेदनमाथि छानबिन भइरहेको जनाउँदै महानगरले अन्यलाई पनि आज साँझ ५बजे ( एक दिन ) सम्म निवेदन दिने समय दिएको हो ।

कक्षा ११ को छात्रवृत्तिका लागि साउन २० गते महानगरले लिएको परीक्षाको म्याचिङ् नतिजा र प्रथम भर्नाको योग्यता क्रमको अन्तिम सूची सोमबार प्रकाशन गरेको छ । जसमा विज्ञान विषयमा १४ सय ५२ जना, व्यवस्थापन विषयमा ७ सय ४५ जना, कानुनमा ४३ जना, मानविकीमा ४ जना, शिक्षामा ५ जना, सिभिल इञ्जिनियरिङ्मा ४४ जना, कम्प्युटरमा १८ जना, इलेक्ट्रिकलमा ११ जना परीक्षार्थीले भर्ना गर्न पाउनेछन् ।

उक्त कोटामा सहभागी हुने विद्यार्थीलाई विभिन्न क्याटागोरीअन्तर्गत आरक्षण सम्बन्धी विवरण समावेश गरिएको महानगरले जनाएको छ । त्यसमा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी, संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थी, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थी, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रमा अध्ययन गरेका विद्यार्थी परेका छन् ।

आर्थिक अभावका कारण कोही पनि विद्यार्थीले माध्यामिक तह सम्मको शैक्षिक अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य महानगरको रहेको महानगरद्वारा सार्वजनिक गरेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस