भण्डारीको ओलीलाई प्रश्न : देशलाई अप्ठ्यारो परेको बेला संसद किन अवरुद्ध हुन्छ ?  « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

भण्डारीको ओलीलाई प्रश्न : देशलाई अप्ठ्यारो परेको बेला संसद किन अवरुद्ध हुन्छ ? 


२९ श्रावण २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले जब जब नेपाललाई अप्ठ्यारो परेको छ तब तब संसद बन्द हुने गरेको इतिहास रहेको बताएका छन् । 

सोमबार बसेको प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद भण्डारीले भ्रष्टाचारका ठुला काण्ड हुँदा सदन अवरुद्ध हुने गरेको चर्चा गरे । 

उनले भने ‘ अहिले नेपालमा ठुला ठुला भ्रष्टाचारको काण्ड सार्वजनिक हुँदा नेपालको सदन बन्द भएको छ । त्यसैले नेपालका पार्टी भित्र जहाँ सहि कुरा तिर नेपाल अगाडि बढ्छ त्यस्लाई  काम गर्न दिँइदैन् । प्रतिपक्षी दलका केपी ओलीलाई पनि म यो भन्न चाहन्छु । ’ 

सांसद भण्डारीले राम्रो काम होस भ्रष्टाचार नहोस भन्ने कुरामा समय धेरै गएको र यसप्रति युवाहरुको असन्तुष्टि देखिनु स्वभाविक भएको बताए । 

उनले भने ‘ यो देशमा नेताहरुले राम्रो काम गरेको भए आज युवा जति विदेश जान्थे त ? नराम्रो भित्र राम्रो खोजेको हो नी ? राम्रो त गर्दै गरेनन नि ? यो मुलुकमा त । ’ 

सांसद भण्डारीले ललिता निवास र सुन काण्डको केही कुरा मात्र सुरु भएको बताए । उनले राजनीति भनेको टु प्लस टु फोर भनेको जस्तो हैननी ? म्याथम्याटिक्स हो र ? भन्दै प्रश्न समेत गरे । 

Tags :
प्रतिक्रिया दिनुहोस