निर्माण व्यवसायीसँग छलफल गर्न सचिव रेग्मीको संयोजकत्वमा कार्यदल गठन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

निर्माण व्यवसायीसँग छलफल गर्न सचिव रेग्मीको संयोजकत्वमा कार्यदल गठन


२९ श्रावण २०८०, सोमबार


काठमाडौँ । सरकारले निर्माण व्यवसायीलगायत सरोकारवालासँग आवश्यक छलफल, परामर्श र समन्वय गर्नेगरी सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा. दामोदर रेग्मीको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले विभिन्न विषयगत मन्त्रालयका सहसचिव सदस्य रहने गरी उनको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको राससलाई जानकारी दिए । उनका अनुसार उक्त कार्यदललाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि करलगायतका विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयहरूले आपसी समन्वयमा यथाशीघ्र माग सम्बोधन गर्न निर्देशन दिए ।

निर्माण व्यवसायीले उठाएका सार्वजनिक खरिदसम्बन्धी कानुन संशोधनलगायतका अन्य मागको सम्बन्धमा प्रधानमन्त्रीले सम्बोधन गर्न दिएको निर्देशनबमोजिम नै कार्यदल गठन गरिएको प्रवक्ता भट्टले बताए ।

प्रधानमन्त्री दाहालको उपस्थितिमा नेपाल निर्माण व्यवसायी महासङ्घका तर्फबाट उठाइएका मागको सम्बन्धमा छलफल भएको थियो । उक्त छलफलमा विषयगत मन्त्रालयका मन्त्री, सचिव तथा सरोकार निकायको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस