हाम्रो स्मृतिमा रहेका सबै काण्डको फाइल खोलौँ, कसैले छुट पाउनु हुँदैन : गगन थापा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

हाम्रो स्मृतिमा रहेका सबै काण्डको फाइल खोलौँ, कसैले छुट पाउनु हुँदैन : गगन थापा


२९ श्रावण २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सबै ठूला भ्रष्ट्राचार र अनियमितता प्रकरणमाथि अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

पछिल्ला दिनमा नेताहरुले विभिन्न भ्रष्टाचार तथा अनियमितता प्रकरणको नाम लिँदै छानबिन माग गरिरहेको भन्दै थापाले हाल स्मृतिमा रहेका सबै ठूला काण्डहरूको फाइल खोल्नुपर्ने धारणा राखेका हुन् ।

काँग्रेस संसदीय दलको बैठकमा सोमबार धारणा राख्दै महामन्त्री थापाले भने, ‘हाम्रो स्मृतिमा रहेका जति पनि ठूला काण्डहरू छन्, ती सबैको फाइल खोलौँ, अनुसन्धान गर्दा निर्दोषमाथि अन्याय नहोस्, तर दोषी छ भने जुनसुकै दलको होस्, नेता होस्, नाता होस्, सांसद होस् मन्त्री होस् कसैले पनि छुट पाउनु हुँदैन ।’

पछिल्ला दिनमा विभिन्न प्रकरणमा नाम मुछिएका नेताहरुले अरु अरु काण्डको नाम लिँदै अनुसन्धान हुनुपर्छ भन्न थालेको भन्दै थापाले पछिल्लो समयमा स्मृतिमा रहेका सबै काण्डको फाइल खोल्नुपर्ने बताएका हुन् ।

‘हिजोआज शीर्ष नेताहरूको यस्तै भनाइ सुनिन्छ, कुनै एउटा काण्डमा कुनै नेताको नाम जोडियो भने ए मेरो मात्र छानबिन गर्ने, तिम्रो नाम जोडिएको काण्ड के होत ? कुनै दलको कुनै नेता अनुसन्धानका क्रममा पक्राउ पर्‍यो भने एक हाम्रो नेता पक्राउ गर्ने तिम्रो नेता खोइ, यस्तै यस्तै सुनिन्छ, यसरी आफ्नो अनुकूलतामा कुनै काण्डको फाइल खोल्ने वा खोल्नुपर्छ भनेर माग गर्ने यो अवस्था बदल्नुपर्छ’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस