नवनियुक्त मन्त्री अनिता देवीले लिइन् शपथ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नवनियुक्त मन्त्री अनिता देवीले लिइन् शपथ


२९ श्रावण २०८०, सोमबार


काठमाडौँ । जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई पद तथा गोपनीयता शपथ गराएका हुन् । 

मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनबाट उदाएको राष्ट्रिय जनमत पार्टी पछिल्लो नौ महिनामा दोस्रो पटक सरकारमा सहभागी हुँदैछ ।

पुष्पकमल दाहाल नेतृत्व सरकारमा पुसमा सहभागी भएको जनमत पार्टी चैतमा बाहिरिएको थियो । आफूले खोजेको उद्योग मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिएको जनमत चार महिनापछि सरकारमा सहभागी हुने भएको हो ।

अनितालाई सरकारमा सहभागी गराउन माओवादी केन्द्रले पार्टी नेता अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएको छ । 

तत्कालीन खानेपानी मन्त्री अब्दुल खानले आफूले पाएको खानेपानी मन्त्रालय प्रति असन्तुष्टि जनाउँदै २०७९ चैतमा राजीनामा गरेका थिए । मन्त्रीमण्डल पुनर्गठनमा प्रधानमन्त्रीले उनलाई पुन खानेपानी मै राखे पछि जनमत असन्तुष्ट भएको थियो । त्यति बेला जनमतले उद्योग या कृषि मन्त्रालय मागेको थियो । 

प्रधानमन्त्रीले जनमतलाई सुरुमा मागेको मन्त्रालय दिने आश्वासन दिएका थिए तर राष्ट्रपति कार्यालयमा नाम पटाउँदा जनमतलाई पुन खानेपानी मै राखेका थिए । त्यसपछि जनमत असन्तुष्ट बनेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस