‘अब शेरबहादुर दाइ र ओली बालाई प्रधानमन्त्री बनाउँछौँ, ‘प्रचण्ड’ र गृहमन्त्रीले राजीनामा दिनुपर्छ’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘अब शेरबहादुर दाइ र ओली बालाई प्रधानमन्त्री बनाउँछौँ, ‘प्रचण्ड’ र गृहमन्त्रीले राजीनामा दिनुपर्छ’


२८ श्रावण २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले अब शेरबहादुर देउवा र केपी शर्मा ओलीलाईलाई प्रधानमन्त्री बनाउनु पर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका बताए ।

अदालतको आदेशपछि हिरासतमुक्त भएका सांसद शर्मा आइतबार बिहान एमाले अध्यक्ष ओलीलाई भेटेपछि उनले यस्तो बताएका हुन् ।

ओलीसँग भेटेपछि बाहिरिने क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतङ्ककारीको संज्ञा दिँदै पदबाट राजीनामा दिनुपर्ने बताए ।

उनले सदनमा गोप्य मतदान गरे ‘प्रचण्ड’को पक्षमा २० मत पनि नआउने दाबी गरे । माओवादीकै सांसदहरू पनि प्रचण्ड र गृहमन्त्रीको गतिविधिप्रति असन्तुष्ट रहेको शर्माको जिकिर छ । आफूले जनताको पक्षमा बोलेकाले ज्यानको सुरक्षामा खतरा रहेको उनले बताए । शर्माले अब काँग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताए ।

उनले भने, ‘सरकार चेन्ज गर्ने कुरा आजको भोलि हुँदैन । काँग्रेसको नेतृत्वमा पहिलो चरणमा र दोस्रो चरणमा एमाले नेतृत्वको सरकार बनाउनुपर्छ । शेरबहादुर दाइ, केपीबा हुँदै शेखर कोइराला, गगन थापा सबैलाई प्रधानमन्त्री बन्दै जान्छन् ।’

उनले आगामी दिनमा आफू काँग्रेसको नेतृत्व गर्ने व्यक्ति भएकाले एमाले प्रवेश गर्ने कुरामा सत्यता नभएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस