पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो


२७ श्रावण २०८०, शनिबार


काठमाडौँ । आँबुखैरेनीमा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ ऐना पहरामा पहिरोले शनिबार साँझ साढे ६ बजेदेखि अवरुद्ध बनेको सडक केहीबेर अघिदेखि एकतर्फी सञ्चालनमा आएको हो । 

 ईलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट खटिएको बिपद् व्यवस्थापन प्रहरी टोली, स्थानीय पालिका रसडक डिभिजन कार्यालय तनहुँको सहकार्यमा १ घण्टा २० मिनेटको निरन्तर प्रयासमा राजमार्ग सडक एकतर्फी सञ्चालन गर्न सकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका  सूचना अधिकारी मोहन बहादुर खाणँले जानकारी दिए ।

सम्बन्धित समाचार: आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

Tags :
प्रतिक्रिया दिनुहोस