आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध


२७ श्रावण २०८०, शनिबार


काठमाडौँ । तनहुँको आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। 

शनिबार साँझ साढे ६ बजे आँबुखैरेनी गाउँपालिका-४ ऐना पहरास्थित पृथ्वी राजमार्गमा पहिरो खसेर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाणले जानकारी दिए। 

उनका अनुसार अहिले सडक पूर्ण रूपमा अवरुद्ध छ। पहिरो हटाउन स्थानीय पालिका तथा सडक डिभिजन कार्यालय तनहुँसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस