२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि नीति नबन्दा कृषि क्षेत्रमा समस्या देखियो : मन्त्री भुसाल

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताएका छन्।

शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कृषिमन्त्री भुसालले अहिलेसम्म कृषि नीति नभएकाले सरकारले कृषि क्षेत्रका नीतिगत रूपमा देखिएको समस्याहरूलाई समाधान गर्न कृषि नीति बनाउने तयारी गरेको बताए।

मन्त्री भुसालले तराई मधेसमा केही समययता देखिएको सुक्खाको कारणले मारमा परेका किसानहरूलाई बाढीले पुर्‍याएको क्षतिले थप समस्या बनाएको बताए। उनले बाढीले किसानहरूलाई पुर्‍याएको क्षतिको लागि सरकारले सहयोग गर्ने विषयमा नीतिगत रूपमा छलफल गरिरहेको पनि बताए।

मन्त्री भुसालले कृषि क्षेत्रको विकासमा सिँचाइको समस्या देखिएको बताउँदै यसमा सुधारको लागि सिँचाइ मन्त्रालयसँग समन्वय गरी सिँचाइको समस्या समाधान गर्ने बताए।

मन्त्री भुसालले अहिले विश्वव्यापी रूपमा आएको समस्याको कारणले खाद्य सङ्कट आउन सक्ने अवस्था रहेको बताए। उनले नेपाल सरकारले खाद्यसंकट आउन दिनको लागि सरकार सचेत रहेको बताए।