प्रधानमन्त्री ‘प्रचण्ड’ चितवनमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ चितवनमा


२६ श्रावण २०८०, शुक्रबार


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् ।

विशुद्ध पारिवारिक भ्रमणका लागि भन्दै गृहजिल्ला चितवन गएका प्रधानमन्त्री ‘प्रचण्ड’ भरतपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको आफ्नै निवासमा बसेका छन् ।

श्रीमती सीता दाहालको निधन भएपछि उनी पहिलो पटक चितवन गएर आफ्नै निवासमा बास बसेका हुन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ भरतपुर महानगरपालिकाको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस २०२३ को अवसर आयोजित एक कार्यक्रमलाई समापन गर्न सहभागी हुने कार्यक्रम तय भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २२ पटिहानीमा रहेको कभर्ड हलमा बिहान ७ बजे हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस