कपनमा खहरे खोला खोल्न महानगरले चलायो डोजर  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कपनमा खहरे खोला खोल्न महानगरले चलायो डोजर 


२६ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कपनको खहरे खोलामा डोजर चलाएको छ ।

काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच खहरे खोला खोल्न सहमति भएसँगै महानगरले खोला खोल्न डोजर चलाएको महानगरका नगर प्रहरीले जनाएको छ । 

काठमाडौँ महानगर-७ र बुढानीलकण्ठ नगरपालिका-१० को सिमानामा पर्ने खहरे खोला खोल्न अहिले दुई वटा डोजर प्रयोग भइरहेको बताइएको छ । 

महानगरले बिहीबार नै सो क्षेत्रमा डोजर चलाउन खोजेको थियो । तर खोला खन्ने विषयमा बुढानीलकण्ठका जनप्रतिनिधि र स्थानीयले विरोध गरेपछि महानगरको टोली पछि हटेको थियो ।

शुक्रबार चाबहिलस्थित नापी कार्यालयमा नक्सा सहित दुवै पक्षको उपस्थितिमा बसेको बैठकमा खहरे खोला खोल्ने विषयमा सहमति भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस