कोशीमा स्वास्थ्य मन्त्री निर्मला लिम्बूद्वारा शपथ ग्रहण  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कोशीमा स्वास्थ्य मन्त्री निर्मला लिम्बूद्वारा शपथ ग्रहण 


२६ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । कोशी प्रदेश सरकारमा जनता समाजवादी पार्टीकी एक्ली सांसद निर्मला लिम्बूले आज स्वास्थ्य मन्त्री बनेकी छन्। 

उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार लिम्बूलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्।

सभामुखले समेत हस्ताक्षर गरेर मुख्यमन्त्री बनेका उद्धव थापालाई सर्वोच्च अदालतले पदमुक्त गरेपछि उनी साउन १६ मा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए। 

यसअघि सत्ता गठबन्धनका दलहरू काँग्रेस , माओवादी , एकीकृत समाजवादीबाट एकरएक जना मन्त्री नियुक्त भैसकेको प्रदेशमा आज जसपा पनि सामेल भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस