काठमाडौँ । सांसद सुनिल शर्मा पक्राउबारे नेपाल प्रहरीले संघीय संसद सचिवालयलाई बिहीबार नै जानकारी गराउने भएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली सांसद शर्मा पक्राउको जानकारी दिन संघीय संसद सचिवालयतर्फ गएको सीआईबी स्रोतले जनाएको छ ।
सीआईबीले कीर्ते कागजातमा अनुसन्धानका लागि सांसद शर्मालाई बिहीबार दिउँसो उनकै निवासबाट पक्राउ गरेको थियो ।
कुनै सांसद फौजदारी अभियोगमा पक्राउ परेमा सभामुखलाई तत्कालै जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था छ ।
सम्बन्धित समाचार : काँग्रेस सांसद सुनील शर्मा पक्राउ







