देउवाले बोलाए संसदीय कार्यसमिति बैठक « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

देउवाले बोलाए संसदीय कार्यसमिति बैठक


२५ श्रावण २०८०, बिहिबार


काठमाडौँ। नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन् ।

४ बजे देउवा निवासमा बस्ने बैठकमा संसदमा जारी रहेको गतिरोध लगायतका विषयमा छलफल हुने समितिका एक सदस्यले जानकारी दिए ।

काँग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् ।

देउवाल समितिको बैठकमा उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाउने गरेका छन् । सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद चल्न दिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस