भन्सार छली ल्याइएको चार लाख ४९ हजारको चकलेट बरामद « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

भन्सार छली ल्याइएको चार लाख ४९ हजारको चकलेट बरामद


२४ श्रावण २०८०, बुधबार


काठमाडौँ । प्रहरीले वीरगञ्ज बाट भन्सार छली ल्याइएको चार लाख ४९ हजार बराबरको चक्लेट बरामद गरेको छ ।

बुधबार प्रहरीले वीरञ्ज महानगरपालिका-७ कुम्हालटोल स्थितमा घरकोठा भाडामा लिई अनाधिकृतरूपमा भण्डारण गरिएको चक्लेट बरामद गरेको हो ।

पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी दिपक गिरीका अनुसार चार लाख ४९ हजार ४० रुपैयाँ बराबरको विभिन्न किसिमको चक्लेटहरु बरामद गरिएको हो । 

चक्लेटलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी गिरीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस