अबका निर्वाचनहरूमा विदेश बस्ने नेपाली निर्णायक हुनेछन् : वर्षमान पुन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

अबका निर्वाचनहरूमा विदेश बस्ने नेपाली निर्णायक हुनेछन् : वर्षमान पुन


२४ श्रावण २०८०, बुधबार


barsaman-pun

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले अबका निर्वाचनहरूमा देश बाहिरका नेपाली निर्णायक हुने बताएका छन् ।

बुधबार पार्टीको उपत्यका विशेष प्रदेशको जिम्मेवारी सम्हाल्ने क्रममा पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा पुनले प्रविधिको उच्चतम विकास र प्रयोगका कारण विदेशमा बसेका नागरिकको हैसियत मुलुकभित्रको राजनीतिक समीकरण नै बदल्न सक्ने अवस्था आएको बताएका हुन् ।

पार्टीहरूले यसअघि नागरिकका घरघरमा गएर विचार प्रवाह गर्ने र सङ्गठन निर्माण गर्ने अवस्थाको अन्त्य हुन सक्ने उनको भनाइ थियो ।

‘आजको युग प्रविधिको हो । पहिला जसरी मानिसका घरघरमा गएर सङ्गठन बनाउने र विचार राख्ने अवस्था अब नरहन सक्छ’, पुनले भने, ‘प्रविधिका कारण अबका निर्वाचनहरूमा देशभित्रका भन्दा विभिन्न सिलसिलामा देश बाहिर रहेका नेपालीहरू निर्णायक हुने जस्तो देखिएको छ ।’

उनले वैचारिक बहसको थलो पनि ‘डायस्पोरा’ नै हुन थालेको उल्लेख गरे । पुनले पार्टी सदस्यदेखि सबै कमिटीका नेता कार्यकर्तालाई आफ्ना एजेण्डाबारे सामाजिक सञ्जालबाट बहस सञ्चालन गर्न निर्देशनसमेत दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस