एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक पनि स्थगित « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक पनि स्थगित


२४ श्रावण २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । अवरोधका कारण बुधबारका लागि तय भएका कार्यसूची अगाडि बढ्न नसकेको जनाइएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक यही साउन २६ गते बिहान ११ बजेका लागि बोलाएका छन् ।

बुधबारको राष्ट्रियसभा बैठकमा सांसदहरुले समसामयिक विषयमा भने बोलेका थिए । समसामयिक विषयमा सा‌सदहरुले बोलेपछि अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभालाई नियमित कार्यसूचीमा लगेपछि एमाले सांसदहरु उठेका थिए ।

यसअघि बुधबार नै बसेको प्रतिनिधि सभाको बैठकमा पनि एमालेले अवरोध गरेको थियो । अवरोधका कारण प्रतिनिधि सभाको बैठक पनि कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन ।

एमालेले साउन १० गते यता संघीय संसदको दुवै सभामा अवरोध गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस