२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसभामुखको प्रश्न : उप-चुप मात्रै भन्छन्, के म मतवालीको छोरी भएर हो ? 

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा उप-सभामुख इन्दिरा राना मगरले आफुलाई बोल्न नदिएको गुनासो गरेकी छन् । 

बुधबार काठमाडौँ २९ औँ विश्व आदिवासी दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले उप-चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिएको भन्दै संविधानको न्यायपूर्ण ढङ्गले डेलिभरी नभएको धारणा राखिन् । उनले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ ? भन्दै प्रश्न पनि गरिन् । 

‘आज प्रतिनिधि सभामा हेर्नुहोस् लाइभ कति जना महिलाहरुले बोल्नुहुन्छ ? साँच्चै ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन त ? हिजो कति ५/६ दिनपछि संसद खुल्यो, अब उपसभामुखले यो बोल्नु हुँदैन रे, उप चुप जहिले पनि मलाई । त्यो संविधानले कहाँ लेखेको छ उप चुप भनेर ? नियमवलीमा मा कहाँ लेखेको छ, उप चुप भनेर । परिसरमा पो मैले बोल्न मिल्दैन त, बाहिर विचार राख्न किन मिल्दैन मैले ? कि म पनि मगर, मतवालीको छोरी भएर हो की ? यो मेरो प्रश्न छ ।’

उप–सभामुख रानाले आफू जनजातिकै छोरी भएको कारण बोल्न नदिएको हो कि भनेर संशय प्रकट गरिन । साथै उनले महिलाको आदर नभएको गुनासो मात्रै गरिनन् देशमा सुशासन भन्दा कुशासन बढी भएको दाबी गरिन ।  

उनले भनिन्, ‘शुसासनको कुरा गर्नुहुन्छ, यो सुशासन हो की कुशासन हो ? बुझ्न सकेको छैन, कि मैले नबुझेको हो की, बालक हो की म । जो महिला एउटा बच्चा जन्माएर त्यसलाई असल नागरिक बनाउन सक्षम श्रृजना गर्छिन् त्यो महिलाको यहाँ आदर हुँदैन भने यहाँ कहाँ लोकतन्त्र छ ?’, उनले कृषि क्षेत्रमा युवाहरुलाई समेट्न नसकेकै कारण युवा पलायन बढेको पनि धारणा राखिन् । 

‘कृषिमा युवालाई बजेट जाँदैन, जसले प्रपोजल तयार पारेको छ, त्यसलाई जान्छ, रातारात अर्गनाइजेशन खोलिन्छ । अनि कहाँ सुशासन छ, अनि कसरी युवाहरु पलायन हुँदैनन् ?,’ रानाले भनिन् । 

प्रतिक्रिया दिनुहोस