१० करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोप लागेका मालपोत अधिकृतले पाए सफाइ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

१० करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोप लागेका मालपोत अधिकृतले पाए सफाइ


२२ श्रावण २०८०, सोमबार


काठमाडौँ । १० करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोप लागेका मालपोत अधिकृतले सफाइ पाएका छन् । 

अकुत सम्पत्ति आर्जनमा ललितपुर मालपोत कार्यालयका शाखा अधिकृत बद्रीराज ढकाललाई विशेष अदालतले सफाइ दिएको छ ।

यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले सोमबार ढकाललाई आरोपबाट सफाइ हुने फैसला सुनाएको हो । ढकालसँगै उनकी श्रीमती सृजना र जेठान नवराज अर्यालले पनि सफाइ पाएका छन् ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै २०७७ जेठ २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सम्पत्ति जफत प्रयोजनका लागि सृजना र नवराजलाई पनि प्रतिवादी बनाइएको थियो । ढकालले अकुत सम्पत्ति श्रीमती र जेठानका नाममा पनि जोडेको आरोप लागेको थियो । अस्थायी शिक्षकमा २०५४ माघ १४ गते नियुक्ति पाएका ढकालले २०५५ असोज १६ गते खरिदारमा नाम निकालेर मालपोत कार्यालय लमजुङबाट सेवा सुरु गरेका थिए । उनी कास्की, तनहुँ, डिल्लीबजार र पुनः कास्की हुँदै ललितपुर मालपोतमा सरुवा भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस