पूर्वप्रशिक्षक श्रेष्ठको निधन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पूर्वप्रशिक्षक श्रेष्ठको निधन


२२ श्रावण २०८०, सोमबार


काठमाडौँ । फुटबलका पूर्वप्रशिक्षक हरिबहादुर श्रेष्ठको निधन भएको छ । मुटुको रोगबाट पीडित उनको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा आज उपचारका क्रममा ७५ वर्षको उमेरमा निधन भएको हो । 

करिब दुई वर्षअघि मुटुको रोगको उपचार गराइरहेका श्रेष्ठको स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारका लागि नेशनल मेडिकल कलेज भर्ना गरिएको र उपचारकै क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । 

विसं २००५ मा जन्मिनुभएका श्रेष्ठ जिल्ला खेलकुद विकास समिति पर्सामा ४० वर्ष फुटबल प्रशिक्षकका रूपमा काम गरी सेवानिवृत हुनुभएको थियो । जिल्ला फुटबल सङ्घ पर्साले श्रेष्ठको निधनबाट फुटबलका साथै समग्र खेलकुदको क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस