प्रमुख प्रशासकीय अधिकृतमाथि अभद्र व्यवहारको आरोप लागेका वडाध्यक्ष धरौटीमा रिहा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रमुख प्रशासकीय अधिकृतमाथि अभद्र व्यवहारको आरोप लागेका वडाध्यक्ष धरौटीमा रिहा


२२ श्रावण २०८०, सोमबार


काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका-२ का वडाध्यक्ष दौलत कार्की धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत सिन्धुलीका न्यायाधीश उपेन्द्रप्रसाद गौतमको इजलासले कार्कीलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

वडाध्यक्ष कार्कीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै गएको असार १४ गते प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेलले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दर्ता गराएका थिए । 

प्रहरीले यो मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेपछि प्रशासनले असार १५ गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको झन्डै डेढ महिनापछि वडाध्यक्ष कार्कीले (आर्ईतबार) आइतबार जिल्ला प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस