सात हजार बढीमा डेंगु संक्रमण, ७ जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सात हजार बढीमा डेंगु संक्रमण, ७ जनाको मृत्यु


२२ श्रावण २०८०, सोमबार


काठमाडौँ । स्वास्थ्य सेवा विभागले नेपालमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको जनाएको छ।

स्वास्थ्य सेवा विभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले हालसम्म सात हजार सात सय ३३ जना संक्रमित भएको जानकारी दिए।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै डा.मरासिनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमित संख्या रहेको बताए। उनले ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताए। डा. मरासिनीले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेला पनि डेंगु सर्न सक्ने बताए। हालसम्म ७ जनाको मृत्यु भएको पनि डा. मरासिनीले जानकारी दिए।

डा.मरासिनीले भने, ‘गत वर्ष करिब ५४ हजार सात सय ८४ केसहरू रिपोर्टेड भएका थिए। जसमध्ये ८८जनाको मृत्यु भएको रेकर्ड छ। समुदायमा धेरै केस भएको हाम्रो अनुमान हो। निजिस्वास्थ्य संस्थाको रेकर्ड हामीसँग नभएको हुन सक्छ। डेंगुको पहिलो केस नेपालमा २०६१ सालमा देखिएको थियो। विभिन्न समयमा यसले महामारीको रूप लिने गरेको छ। सन् २०१९र सन् २०२२ मा महामारीको रूप लिएको थियो। यस वर्ष हामी सचेत हुनुपर्ने कारण केछ भने जनवरी १ देखि अगस्ट ६ सम्म सात हजार सात सय ३३ केस रिपोर्ट भइसक्या छ। सबैभन्दा बढी केस सुनसरीबाट रिपोर्ट भएको छ। सुनसरीको पनि खास गरी धरान उपमहानगरपालिकामा संक्रमित धेरै छन्। जुलाईमा धेरै केस देखिन्छ। यस्तै सात जनाको मृत्यु भएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस