काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र साउदी अरेयिबाका राजदूत साद अबुहैमेदबीच भेटवार्ता भएको छ ।
सोमबार बिहान उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटमा नेपाल-साउदी सहयोगलगायत आपसी हितका विविध विषयमा छलफल भएको थियो ।