ललिता निवासबारे निर्णय हुँदा म मन्त्री थिइन : नेता चन्द्रदेव जोशी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ललिता निवासबारे निर्णय हुँदा म मन्त्री थिइन : नेता चन्द्रदेव जोशी


२२ श्रावण २०८०, सोमबार


काठमाडौँ । पूर्व मन्त्री चन्द्रदेव जोशीले ललिता निवासको जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय हुँदा आफू मन्त्री पदमा नरहेको प्रष्ट पारेका छन् । आफूलाई समेत पक्राउ पुर्जी जारी भएको सन्दर्भमा अनुसन्धान गर्ने निकायलाई पूरा सहयोग गर्ने बताएका ८५ वर्षीय वयोवृद्ध नेता जोशीले सोमबार प्रेस विज्ञप्तिमार्फत २०६९ असोज १८ गते ललिता निवासबारे मन्त्रिपरिषदमा निर्णय हुँदा आफू मन्त्री पदमा नरहेको समेत प्रष्ट पारेका हुन् ।

जोशीले त्यसअघि नै असोज ४ गते मन्त्री पदबाट राजीनामा दिएको स्मरण गर्दै सामाजिक समितिमा सो प्रस्ताव जाँदा पनि आफू पदमा नरहेको दाबी गरेका छन् ।

उनले यसअघि अदालतको मानहानी हुने अवस्था आएपछि लियाजो एजेन्सीको मन्त्रीका रूपमा मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजान सहमति मात्र दिएको भन्दै निर्णय प्रक्रियामा सहभागिता नरहेकोसमेत प्रस्ट्याएका छन् ।

तत्कालीन नेकपा संयुक्तबाट डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री रहेका जोशीलाईसमेत अख्तियारले पनि मुद्दा चलाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस