अब अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्ने सकिने   « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

अब अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्ने सकिने  


२१ श्रावण २०८०, आइतबार


काठमाडौँ । अब प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण अब अनलाइनबाटै गर्न सकिने भएको छ । 

विदेशमा अध्ययन तथा रोजगारीका लागि जान चाहनेहरूले प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न कन्सुलर सेवा विभाग जानुपर्ने बाध्यता हटेको हो ।

आइतबार काठमाडौँको त्रिपुरेश्वरस्थीत विभागमा आयोजित एक कार्यक्रमकाबीच परराष्ट्रमन्त्री एनपी साउदले प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण कार्यलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।

यसअघि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न विभाग आउनुपर्ने बाध्यता रहेको थियो । अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण हुने भएपछि सर्वसाधारणको समय र पैसाको बचत भएको परराष्ट्रमन्त्री साउदले बताए । सरकार गठन भइसकेपछि परराष्ट्र सेवालाई सहज र सुलभ बनाउन प्रयास गरेको उनको भनाइ छ।

त्यस्तै, मन्त्री साउदले राष्ट्रिय एकतालाई मजबुद गर्ने गरी परस्पर लाभका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न खोजिएको धारणा राखे । उनले विदेशी नीतिमा सबै पार्टीको सहमति हुनका लागि प्रयत्न जारी रहेको भन्दै राष्ट्रिय सहमतिका लागि सबै दलको विचार ग्रहण गर्न तयार रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस